• चैत १४, २०७६
  • जुनकिरी खबर

बीपीमा कोरोनाको नमुना परिक्षण शुरु, सोमबारदेखि औपचारिक परिक्षण हुने

alt

सरकारले शुक्रबार देखि प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का अस्पतालमा कोरोना भाइरसको परीक्षण सुरु गर्ने भनिरहदा एक नम्वर प्रदेशको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज शुक्रबार नमुना परिक्षण गरिने भएको छ ।

कोरोना परिक्षणका लागि केन्द्रिय प्रयोगशालामै निर्भर हुनुपर्ने अवस्थामा उपत्यका बाहिर प्रदेश १ को धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज–शिक्षण अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको सुरुवात गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसका लागि प्रविधिक टोली समेत पठाइएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । देशका सातै प्रदेशमा कोरोना जाँच गर्ने व्यवस्था मिलाउने योजना बनाइए पनि हाल भने तीन स्थानमा मात्र व्यवस्था गरिएको निर्देशक पाण्डेले बताएका छन् ।
कोरोना भाइरस संक्रमण परीक्षण जोखिमपूर्ण हुने भएकोले स्थल चयन गर्न समेत कठिनाई हुने सरकारले जनाएको छ ।
पहिलो चराणमा तीन स्थानमै बीस देखि सय नमुना परीक्षण गर्न सक्ने उनले जानकारी दिईएका छन् ।

जस अनुसार बीपी कोईराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षणको लागि ल्याव तयारी भईसकेको बताईएको थियो । परिक्षण सामाग्री आउने वित्तिकै परिक्षण हुने बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले बताएका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]