• चैत १५, २०७६
  • जुनकिरी खबर

गोरखा डिर्पाटमेन्ट स्टोरले अब खाद्यान्न अब होम डेलिभरी गर्ने

alt

कोरोना भाइरस सँग लड्न सरकारले मुलुकलाई भरि एक हप्ता सम्म निषेधाज्ञा जस्तै आदेश जारी गरेको छ । सरकारले देशवासीलाई घर बाट बाहिर नजान आदेश जारी गरेपछि अहिले सिङ्गो देशवासी घर भित्रै रहेका छन् ।

घरभित्र रहने र व्यापार व्यवसायहरू बन्द गर्ने सरकारले आदेश दिएपछि अहिले आम नागरिकको घरमा अत्यावश्यक सामाग्रीहरू अभाव हुँदै गएको छ । त्यसैले यति बेला इटहरी र धरानका स्थानीय सरकारले भने निजी क्षेत्रलाई जनताको घरघरमा सामान पुर्‍याउन संयोजन गर्ने भएको छ ।

इटहरी क्षेत्रभित्र उपमहानगरपालिकाको समन्वय र सहकार्यमा गोरखा डिपार्टमेन्टले खाद्यान्न लगायतको आवश्यक सामग्री घरघरमै लगेर सामान बिक्री गर्ने भएको छ । त्यसैगरि धरान क्षेत्रमा उपमहानगरको संयोजनमा धरानवासीको घरघरमा बराह डिपार्टमेन्ट स्टोर धरान, भाटभटेनी सुरपमार्केट धरान, गोर्खा डिपार्टमेन्ट स्टोर धरान, गुन्द्री डट कम (gudri.com) र सोताङ अर्ग्यानिक कृषि फर्मले सामान पुर्‍याउने भएको हो ।

कोरोनाको महामारी फैलन नदिन घरैमा बसेका नगरवासीलाई अत्यावश्यक सामाग्री अभाव हुन नदिन कार्यक्रम ल्याइएको इटहरीकी उपप्रमुख लक्ष्मी गौतमले बताइन । लडाउनको समय लम्बिन सक्ने भएकोले बेलैमा सतर्कता अपनाउन खोजिएको हो ।

इटहरीको हकमा गोरखा डिपार्टमेन्ट इटहरी शाखाले सम्पूर्ण वडामा सामाग्री पुर्‍याउने जिम्मा लिएको छ । सरकारले चैत्र ११ देखि १८ गतेसम्म एक साता लकडाउन घोषणा गरेकोले उपमहानगरको समन्वयमा वडास्तरिय तालिका नै बनाएर सामाग्री पुर्‍याइने डिपार्टमेन्ट स्टोरले जनाएको छ ।

५०० भन्दा कमको सामाग्री नपुर्‍याइने र बिहान ९ : ३० देखि दिउँसो ३ बजेसम्म अर्डर गरिसक्नुपर्ने बताइएको छ । डिपार्टमेन्टको हटलाइन नम्बर ९८४२०७९४३३, ९८०३७५११९२ र ९८०१४५४३७९ मा अर्डर टिपाउनुपर्ने र सो सामान ३:३० बजेपछि मात्र घरमा पुग्ने जनाइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]