• चैत १८, २०७६
  • जुनकिरी खबर

लकडाउनका बेला इटहरी उपमहानगरको ७ प्रशस्नीय काम

alt

इटहरी उपमहानगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा लकडाउनको समयमा उत्पन्न समस्या समाधानमा सक्रियता बढाएको छ । उपमहानगरपाकिाले १ सय २ बेडको क्वारेन्टाइन निर्माण गर्नुका साथै विपन्नलाई राहत वितरण, बजार अनुगमन लगायतका काम अघि बढाएको हो ।

मेयर चौधरी पनि मैदानमा

कोरोनाको संक्रमण बड्न नदिन तथा लकडाउनपछि उत्पन्न समस्या समाधानमा उपमेयर लक्ष्मी गौतम सुरुवाती दिनदेखी नै सक्रियतापूर्वक लागेपनि मेयरको उपस्थिति नभएको भन्दै आलोचना भएपछि पछिल्लो समय मेयर द्वारिकलाल चौधरी पनि राहत वितरण लगायतको कामम सक्रिय हुनु भएको छ । मेयरले राहततर्फको काम गर्ने र उपमेयरले क्वरेन्टाइन निर्माण लगायतको काम गर्ने गरि जिम्मेवारी बाँडफाँड गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । मेयर चौधरी आफैं चामलका गोदाममा पुगेर विभिन्न वडा वडामा पुर्याउन खटिनु भएको छ ।

क्वारेन्टाइन निर्माण

इटहरी उपमहानगरपालिकाले कोरोना संक्रमणको आशंक गरिएकाहरुलाई राख्न स्थानीय जनता क्याम्पसमा १ सय २ बेडको सुबिधा युक्त क्वारेन्टाइन स्थल निर्माण सम्पन्न गरेको छ । जहाँ इन्टरनेट समेत जडान गरिएको छ । हाललाई १ सय२ बेडको क्वारेन्टाइन निर्माण गरेको इटहरी उपमहानगरपालिकाले आवश्यक परे कृषि अनुसन्धान केन्द्र तरहरामा थप १ सय वेडको क्वारेन्टाइन निर्माण गर्ने तयारी समेत गरेको उपमेयर लक्ष्मी गौतकले जानकारी दिनुभयो । उपमहानगरको पहलमा निर्माण भएको क्वारेन्टाइनमा इटहरीका बिभिन्न संघ संस्थाले आवश्यक सामाग्रीहरु सहयोग गरेका छन् ।

विपन्नलाई वडामार्फत राहत प्याकेज

लकडाउनको अवधि थपिएपछि इटहरी क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने विपन्न परिवारलाई खाद्यान्न समस्या पर्ने भएकाले उपमहानगरपालिकाले इटहरी क्षेत्रमा १० हजार यस्ता परिवार रहेको भन्दै राहत वितरण थालेको छ । उपमहानगरले राहत वितरण गर्न वडाहरुमा खाद्यसमाग्री पठाइरहेको छ । वडा नम्वर १, २, ५, ९, १३, १४, १५, १६, १७ र १८ मा खाद्यसमाग्री पठाइएको नगरप्रमुख द्वारिकलाल चौधरीले जानकारी दिनुभयो । लकडाउनका कारण इटहरीमा भोकमरीको अवस्था आउन नदिन एकहप्तालाई पुग्ने राहत वितरण थालिएको प्रमुख चौधरीले जानकारी दिनुभयो । इटहरी उपमहानगरको शनिवार बसेको कार्यपालिकाको बैठकले विपन्न परिवारलाई करिब ८०० रुपैयाँ बराबरको तेल चिनी, दाल, नुन चामल वितरण गर्ने निर्णय गरेको थियो । पालिकाको निर्णय अनुसार बिभिन्न वडामा रहेका विपन्न प्रति परिवार करिब १० केजी चामल र एक केजी नुन र आधा लिटर तेलका दरले राहत वितरण शुरु गरिएको हो । यसअघि वडा नम्वर १ र १७ को मुसहर वस्तिका विपन्न नागरिकलाई खादय समाग्री वितरण गरिएको थियो । वडाको सिफारिस अनुरुप विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकको लगत संकलन गरि राहत वितरण गरिंदैछ ।

घर घरमा खाद्यान्न विक्रि वितरण

उपमहानगरले लकडाउनको समयमा खाद्यान्न तथा अत्याबश्यक सामाग्रीहरु घर घर पुराउन इटहरीस्थित गोरखा डिर्पाटमेन्ट स्टोरको सहयोगमा प्रत्येक वडामार्फत खाद्य बस्तु विक्रि वितरण गरिरहेको जनाएको छ ।
राहत कोष स्थापना
इटहरी उपमहानगरले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोगका लागि आग्रह गरेको छ । नेपाल वैंक इटहरीमा रहेको कोषको खाता नम्वर ०५९०३००००००००५००४०० मा रकम सहयोगका लागि इच्छुक ब्यक्ति तथा संघसस्थाहरुलाई उपमहानगरले आग्रह गरेको हो ।

उपभोक्ताहरुबीच दुरी कायम

इटहरीमा दैनिक उपभोग्य वस्तुहरु वेचविखन गर्ने पसलहरुमा सामाजिक दुरी कायम गर्न चुना घोलेर रेखांकन गरिएको छ । नगरपालिकाका कर्मचारी सहित पुगेकी इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम आफैले गोलो रेखांकन गर्नुभएको हो । करिव २० वटा पसलमा डेढमिटर दुरी कायम गरेर रेखांकन गरिएको उहाँले बताउनुभयो । सब्जि, दुधडेरी र खाद्यान्न पसलहरुमा साँझपख धेरै भीड लाग्ने गरेको अनलाइन उजुरी आएपछि रेखांकन गरिएको हो । रेखांकन गरिएपछि सर्वसाधारण त्यहि गोलोघेरामा रहेर सामान खरिद गर्न थालेका छन् ।

बजार अनुगमन

लकडाउन पछि पहिलो पटक इटहरीमा वजार अनुगमन गरिएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमका अनुसार आलु र प्याजको होलसेल पसलहरुको अनुगमन गरिएको हो । विशेष गरेर आलु र प्याजमा अचाक्ली भाउ बढाएको गुनासो आएपछि वजार अनुगमन गरिएको संयोजक गौतमले बताउनुभयो ।

क्लोरिन छर्कने तयारी

इटहरी उपमहानगरपालिकाले कोरानाको संक्रमण फैलिन नदिन मुख्य मुख्य सार्वजनिक स्थानहरुमा क्लोरिन छर्कने काम सुरु गर्ने तयारी गरेपनि क्लोरिन नपाइएकाले समस्या भएको उपमेयर गौतमले जानकारी दिनभुयो । यता लामखुट्टे नियन्त्रणका लागि भने हरेक दिन एउटा वडा गरेर औषधि छर्कने काम भइरहेको र हालसम्म ६,७ वटा वटा वडामा छर्कीसकेको जानकारी दिनुभयो ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]