इटहरीका विपन्न परिवारमा खुशी छाएको छ । इटहरी उपमहानगरपालिकाले लकडाउनको अवधि थपिएपछि इटहरी क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने २० वटै वडाका १० हजार यस्ता परिवारलाई राहत वितरण थालेको छ । उपमहानगरले राहत वितरण गर्न सबै वडाहरुमा खाद्यसमाग्री पठाइरहेको छ ।
वडा नम्वर १, २, ५, ९, १३, १४, १५, १६, १७ र १८ मा खाद्यसमाग्री पठाइएको उपमहानगरले जनाएको छ । लकडाउनका कारण इटहरीमा भोकमरीको अवस्था आउन नदिन एकहप्तालाई पुग्ने राहत वितरण थालिएको हो ।
राहत पाएपछि विपन्न परिवार अत्यन्त खुशी देखिन्थे । दुखको घडिमा घर घर आएर उपमहानगरले गरेको सहयोग सराहनिय रहेको उनिहरु बताउछन् ।
इटहरी उपमहानगरको शनिवार बसेको कार्यपालिकाको बैठकले विपन्न परिवारलाई करिब ८०० रुपैयाँ बराबरको तेल चिनी, दाल, नुन चामल वितरण गर्ने निर्णय गरेको थियो । पालिकाको निर्णय अनुसार बिभिन्न वडामा रहेका विपन्न प्रति परिवार करिब १० केजी चामल र एक केजी नुन र आधा लिटर तेलका दरले राहत वितरण शुरु गरिएको इटहरी ९ नम्बर वडाका वडाध्यक्ष भुपेन्द्र बरालले जानकारी दिए ।
वडाको सिफारिस अनुरुप विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकको लगत संकलन गरि राहत वितरण गरिंदै छ । यता उपमहानगरले लकडाउनको समयमा खाद्यान्न तथा अत्याबश्यक सामाग्रीहरु घर घर पुराउन इटहरीस्थित गोरखा डिर्पाटमेन्ट स्टोरको सहकार्यमा प्रत्येक वडामार्फत खाद्य बस्तु विक्रि वितरण समेत गरिरहेको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved