• चैत २२, २०७६
  • जुनकिरी खबर

विपी प्रतिष्ठानको कोरोना परिक्षण : रिपोर्टमाथि नै अविश्वास

alt

सरकारले प्रदेश १ का विभिन्न अस्पताललाई कोरोना भाइरसको उपचार र स्वाब संकलन गर्ने जिम्मेवारी तोकेको छ । तर तिनले शंकास्पद बिरामीलाई सामान्य जाँचसमेत नगरी सोझै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने गरेका छन् । यसले प्रतिष्ठानमा भार बढ्नुका साथै आवश्यक सामग्रीसमेत अभाव हुन थालेको चिकित्सकहरू बताउँछन् ।

‘कोरोना हो/होइन डाइग्नोसिसको प्रयास नै नगरी सिधै यतै रिफर गर्ने गरेका छन्,’ एक चिकित्सकले भने, ‘सरकारले ती अस्पतालमा पनि स्वाब संकलन गर्न किट, भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) लगायत सामान उपलब्ध गराएको छ। तर उनीहरू ती सामग्री सञ्चय गर्नतिर लागे। यता प्रतिष्ठानमा अभाव सिर्जना भएको छ।’

सरकारले विराटनगरमा कोसी, नोबल र विराट अस्पताल तथा झापाका अस्पताललाई पनि स्वाब संकलन केन्द्र तोकेको छ। तिनले ज्वरो, रुघाखोकी र श्वासप्रश्वासका बिरामी आउनासाथ प्रतिष्ठान पठाउने गरेका छन्।

रिपोर्टमाथि नै अविश्वास

प्रतिष्ठानले आफैं कोरोना भाइरसको परीक्षण सुरु गरे पनि सेवाग्राहीहरू विश्वस्त देखिँदैनन्। अहिलेसम्म गरिएका सबै परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएकोमा यसैलाई लिएर उनीहरूले चिकित्सक र ल्याबको क्षमतामाथि नै प्रश्न गर्न थालेका छन्।

परीक्षणमा कोरोना नदेखिएका व्यक्तिले फोन गरेर आफूसँग शंका व्यक्त गरेको प्रतिष्ठानका प्रवक्ता डा. अशोक ऐरले बताए। ‘रिपोर्ट नेगेटिभ आउनु खुसीको कुरा हो। तर मानिसहरू सबैको नेगेटिभ आयो भनेर उल्टै चिकित्सकलाई थर्काउने र प्रयोगशालामाथि नै शंका गर्न थालेका छन्,’ उनले भने।

प्रतिष्ठानमा चार दिनयता कोभिड–१९ को परीक्षण हुँदै आएको छ। ३९ जनाको स्वाब नमुना जाँचिएकोमा शुक्रबार अपराह्न ३ बजेसम्म २४ जनाको रिपोर्ट आएको छ। सबैको नेगेटिभ छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]