इटहरी उपमहानगरपालिकाले खडा गरेको राहतकोषमा ३५ लाख २ हजार ५ सय ५५ रुपैँया बराबरको राहत सहयोग जुटेको छ । उपमहानगरपालिकाले १ करोड ४ लाख ६५ हजार बराबरको खाद्यान्न सामाग्री वडाहरुमा पठाईएको इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले जनाएका छन ।
जीवन बचाउन घर भित्रै बस्ने नागरिकलाई खाद्यान्न तथा आवश्यक सामाग्री वितरण गर्न खडा भएको इटहरी उपमहानगरपालिकाको राहतकोषमा सहयोग गर्ने क्रम जारी छ । इटहरीमा राहतकोषमा सहयोग गर्ने यी हुन इटहरीका दानवीरहरु
१) नेपाली काँग्रेस इटहरी उपमहानगर समिति
नोबेल कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि स्थानिय सरकारको भुमिकामा रहेको इटहरी उपमहानगरपालिकालाई जस्तो सुकै सहयोग गर्ने घोषणा गरी न्युन आय भएका अति विपन्न वर्गलाई राहत प्याकेज ल्याउन माग गरेको नेपाली काँग्रेस इटहरीले उपमहानगरपालिकालाई सबै भन्दा पहिले १० हजार किलो चामलउपलब्ध गराएको छ । राहत वितरण घोषणा नगरि काग्रेसले देखाएको भुमिका महत्वपूर्ण छ ।
२) श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल र हेम घिमिरे
श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल परिवारको तर्फबाट प्रतिष्ठानका उपाध्यक्ष तथा सामाजिकअगुवा हेमप्रसाद घिमिरेले एक लाख एक हजार रुपैँया राहत वितरणका लागि इटहरी उपमहानगरपालिकालाई उपलब्ध गराएका छन् ।
३) सिप्रदी ट्रेडिङ्ग प्रा.लि
प्रतिष्ठित कम्पनीको रुपमाकहलिएको टाटा मोर्टर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले इटहरी उपमहानगरपालिकाले खडा गरेको कोषमा ३ लाख रुपैँयाप्रदान गरेको छ । देशभर शाखा सञ्जाल रहेको कम्पनीको शाखा इटहरीमा समेत रहेको छ ।
४) आनन्द इण्डस्ट्रिज प्रा.लि
इटहरीमा बर्षौ देखि चामल उत्पादन गर्ने ठुलो कारखाना सञ्चालन गरिरहेको आनन्द इण्डस्ट्रिज प्रा.लिको तर्फबाट सञ्चालक मोतीलाल अग्रवालले एक लाख एक हजार बराबरको चामल इटहरी उपमहानगरपालिकालाई हस्तान्तरण गरेका छन् ।
५) जय शम्भु फुड इण्डस्ट्रिज
इटहरी स्थित जय शम्भु फुड इण्डस्ट्रिजका तर्फबाट चक्रबहादुर खड्का (शम्भु) ले इटहरी उपमहानगरपालिकालाई ५१ हजार रुपैँया बराबरको चामल राहत कोषमा उपलब्ध गराएका छन् ।
६) भाटभटेनी सुपर मार्केट
देशभर डिपार्टमेन्ट स्टोरको संजालभएको भाटभटेनी सुपरमार्केटको तर्फबाट सञ्चालकमीनबहादुर गुरुङ्गले इटहरी उपमहानगरपालिकालाई ५ लाख रुपैँयाउपलब्ध गराएका छन् । उक्त सहयोग भाटभटेनी सुपरमार्केट इटहरीको तर्फबाट भनेर उल्लेख गरिएको छ ।
७) शिव प्रसाद घिमिरे र सुदीप घिमिरे
देश भर दर्जनौं व्यवसाय सञ्चालन गरिरहेका इटहरीका चर्चित उद्योगी व्यवसायी शिव प्रसाद घिमिरे र उनका पुत्र सुदीप घिमिरेले इटहरी उपमहानगरपालिकाको राहत कोषमा जनही २ लाखका दरले जम्मा ४ लाख सहयोग उपलब्ध गराएका छन् ।
८) सेन्ट्रल प्लाजा इटहरी
इटहरीको सबै भन्दा ठुलो व्यापारिक भवन सेन्ट्रल प्लाजाका मालिक तथा सामाजिक अभियन्ता राजेश श्रेष्ठले इटहरी उपमहानगरपालिकाको राहत कोषमा १ लाख रुपैँया सहयोग गरेका छन् ।
९) पाथिभरा होटल, विष्ट कम्प्लेक्स
इटहरी स्थित पाथिभरा होटल र विष्ट कम्प्लेसको तर्फबाट सञ्चालक इश्वर विष्टले उपमहानगरपालिकाको राहत कोषमा १ लाख रुपैँया उपलब्ध गराएका छन् ।
१०) क्लोथहाउस इटहरी
इटहरीको पुरानो तथा परिचित क्लोथ हाउसको तर्फबाट प्रोप्राइटर नारायण राठीले उपमहानगरपालिकाको राहत कोषमा १ लाख सहयोग उपलब्ध गराएका छन् ।
११) ईश्वर भट्टराई
इटहरीका प्रतिष्ठत उद्योगी व्यवसायी ईश्वर भट्टराईले इटहरी उपमहानगरपालिकाले खडा गरेको राहतकोषमा १ लाख ५५ हजार ५ सय सहयोग गरेका छन् ।
१२) लर्ड बुद्ध सहकारी संस्था
इटहरी २० स्थित लर्ड बुद्ध सहकारी संस्था लिमिटेड ले इटहरी उपमहानगरपालिकाको राहतकोषमा ५० हजार रुपैँयाउपलब्ध गराएको छ ।
१३) गुरुङ्ग परिवार तरहरा
इटहरी २० तरहराकी ८६ बर्षीय रुद्रमाया गुरुङ्गले आफनो पतीशहर बहादुर गुरुङ्गको स्मृतिमा आफ्नो सपरिवार छोरा छोरीहरुको तर्फबाट समेत १ लाख ५ हजार रुपैँया उपलब्ध गराएकी छिन् ।
१४) रामकुमार सुब्बा
पूर्व भुमिसुधार व्यवस्था मन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बाले इटहरी उपमहानगरपालिकाको कोषमा २ लाख रुपैँया उपलब्ध गराएका छन् । साथै पूर्वमन्त्री सुब्बाले आवश्यक परे आफ्नो स्वामित्वमा रहेको चिन्तन चौतारी होटल क्वारेन्टाईन बनाउन उपलब्ध गराउने र खानाको समेत प्रबन्धगर्न आफु तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
१५) मिलन बस्नेत
इटहरी उपमहागनरपालिकामा बर्षौ देखि ज्योती ईट्टा उद्योग सञ्चालन गर्दै आईरहेका मिलन बस्नेतले इटहरी उपमहानगरपालिकाको राहत कोषमा ५१ हजार रुपैँया उपलब्ध गराएका छन् ।
१६) लक्ष्मण हुमागाँई
उद्योग वाणिज्य संघ इटहरीका उद्योग उपाध्यक्ष तथा सागर फिडका सञ्चालक लक्ष्मण हुमागाँईले राहत कोषमा १ लाख रुपैँया उपलब्ध गराएका छन् ।
१७) विग हाउजिङ्ग
बिग हाउजिङ्गको तर्फबाट इटहरी उपमहानगरपालिकाको राहत कोषमा सञ्चालक राजकुमार काफ्ले सहितको टिमले १ लाख ५१ हजार रुपैया सहयोग गरेको छ ।
१८) किसान कल्याण सहकारी
इटहरी स्थित किसान कल्याण सहकारी संस्था लिमिटेडले उपमहानगरपालिकाले खडा गरेको कोषमा १ लाख राहतउपलब्ध गराएको छ ।
१९) शान्ती जनकल्याण सहकारी संस्था
इटहरी २० मा रहेको शान्ती जनकल्याण सहकारी संस्था लिमिटेडले उपमहानगरपालिकाको राहत कोषमा १ लाख सहयोग उपलब्ध गराएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved