• चैत २६, २०७६
  • जुनकिरी खबर

गर्मी मौसम सुरु भएसँगै धरान र इटहरीमा डेंगु देखापर्न थाले

alt

गर्मी मौसम सुरु भएसँगै डेंगु देखापर्न थालेको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा लाग्ने यो रोगका बिरामी धरानमै ३ जनामा फेला परिसकेका छन् । अघिल्लो बर्षपनि डेंगुको इपिसेन्टर मानिएको धरानमा पुनः नयाँ बिरामी देखा परेका हुन् ।

धरान-७ स्थित होटेल सन्ध्या इनका सवारी चालकमा डेंगु भएको पुष्टि भएको छ । गतबर्ष पनि धरानबाट सुरु भएको डेंगु (डेन २) को सङ्क्रमण प्रदेश १ का सबै सहरहरूमा फैलिएको थियो । करिब ३ महिना वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ हजार बढीले डेंगुको जाँच गराएका थिए । त्यसमध्ये २१ सय जना भन्दा बढी सङ्क्रमित पाइएको थियो ।

डेंगुको उद्गम स्थल मानिएको धरान लगायत पूर्वका सहरहरू बढी जोखिममा छन् । डेंगु ज्वरो एडिस एजिप्टाइ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । इटहरी अस्पतालका अनुसार अघिल्लो वर्ष ३९९ जनाको परीक्षण भएको मध्ये १०७ जना सङ्क्रमित पाइएका थिए । त्यो सङ्ख्या यस पटक बढ्ने देखिएको छ ।
इटहरी चौकमा गत मङ्सिरमा खनिएका सडकका खाल्डाहरू अहिलेसम्म पुरिएका छैनन् । ६ लेन सडक बिस्तारको क्रममा ड्रेन निर्माणको काम रोकिएको छ । समयमै पैसा नआएको भन्दै ठेकदारले काम अगाडी बढाएको छैन । जथाभाबी निर्माण सामाग्री राख्ने र समयमै निमार्णकार्य पुरा नगर्दा सङ्क्रमणको सम्भावना बढिरहेको छ । गर्मी मौसम बढ्दै गइरहेको अवस्थामा एडिस एजिप्टाइ नामक लामखुट्टेको सक्रियता बढ्ने गर्छ । कालो, सेतो रङ्गको लामखुट्टे सफा जमेको पानीमा मात्र उत्पन्न हुन्छ जुन दिउसोको समयमा बढी सक्रिय हुन्छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]