• असार २३, २०७६
  • जुनकिरी खबर

ब्याजदर घटाउन व्यवसायीको सुझाव

alt

काठमाडौं : उद्योगी÷व्यवसायीहरुले मौद्रिक नीतिमार्फत बैंकको ब्याजदर घटाउन माग गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सोमवार आयोजना गरेको मौद्रिक नीति विषयक छलफलका क्रममा उद्योगी÷व्यवसायीहरुले बैंकको ब्याज बढी हुँदा उद्योग फस्टाउन नसकेको बताए । बैंकको ब्याजदर महँगो भएकाले उद्योगधन्दा चलाउन समस्या भएको उनीहरुको गुनासो छ । साथै यसलाई घटाउन स्प्रेडदर कम गर्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले स्प्रेड ३ प्रतिशत कायम गर्नुपर्ने बताइन् । बैंकको ब्याज बढी भएका कारण उद्योगी मारमा परेकाले सरकारले उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले स्प्रेड साढे तीन प्रतिशत कायम गर्नुपर्ने बताए । उनले साना तथा मझौला उद्योगले ऋण पाउन समस्या रहेको बताएका छन् । २४ वस्तुमा उत्पादनमा आत्मनिर्भर भए पनि बजेटले कपडाबाहेक अरु विषयमा केही नबोले मौद्रिक नीतिले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सहुलियत दिए बैंक तथा वित्तीय संस्था मर्जर हुने बताएका छन् । लगानीयोग्य पूँजी कम भएकाले ब्याजदरमा चाप बढेको उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]