• चैत २७, २०७६
  • जुनकिरी खबर

सुनसरीमा थप ११ जना विदेशी नागरिक भेटिए

alt

सुनसरीको विभिन्न मस्जिदमा विदेशी नागरिक भेटिने क्रम जारी छ । दुहवी १ स्थित जामे मस्जिदमा ११ पाकिस्तानी मुस्लीम धर्मगुरु भेटिएका छन् । फागुन २४ गते पाकिस्तानबाट काठमाडौं हुँदै सुनसरी आइपुगेका उनीहरुलाई मस्जिदभित्रै निगरानीमा राखिएको छ ।

उनीहरु लकडाउन सुरु हुनुभन्दा एक दिनअघि चैत्र १० गते दुहबीको जामे मस्जीदमा बसेका थिए। उनीहरुमा कोभिड-१९ संक्रमणको कुनैपनि लक्षण नदेखिएकाले मस्जिदभित्रै सुरक्षित रुपमा निगरानीमा राखिएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रविण कार्कीले जानकारी दिए ।

यसअघि हरिनगर गाउँपालिका १ स्थित जामिया मस्जीद मरकजमा १४ जना भारतीय र इटहरी १८ स्थित जतपुर मस्जीदमा ८ जना पाकिस्तानीलाई समेत स्वास्थ्य जाँच गरी निगरानीमा राखिएको थियो ।

उनीहरुमध्ये केही चोर बाटोबाट लकडाउनको समयमा नेपाल छिरेको समेत बताइएको छ। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]