• चैत २८, २०७६
  • जुनकिरी खबर

इटहरी उपमहानगरपालिकाले पहिलो चरणको राहत वितरण सम्पन्न

alt

इटहरी उपमहानगरपालिकाले पहिलो चरणको राहत वितरण सम्पन्न गरेको छ ।

उपमहानगरले सार्वजनिक तथ्यांक अनुसार हिजो सम्म इटहरीका २० वटै वडाहरुमा गरि १९ हजार ५ सय ५९ जना विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकलाई राहत वितरण गरिएको छ ।

त्यसमा सय जना विद्यार्थीहरुलाई थप राहत वितरण गरिएको छ । केही वडाहरुमा छुटेका र अत्यन्तै समस्यामा परेकाहरुका लागि थप केहि राहत वितरण हुदाँ २० हजार वढिलाई राहत पुग्ने फुड वैंकको जिम्मेवारी सम्हालेका मेयर उपमेयर सचिवालयका महेश सुवेदीले जानकारी दिए ।

सवै वडाहरुमा गरि एक करोड ३६ लाख ९१ ह्जार भन्दा वढिको राहत वितरण गरिएको छ ।वडाकार्यालयले लगत संकलन गरि वडाकार्यालय मार्फतनै राहत वितरण गरिएको हो ।

इटहरी उपमहानगरले ८० लाख जम्मा गरेर स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोग रकम र फुडवैंकमा खादयान्न जुटने क्रम जारी छ ।

२०७६ चैत्र २७ गते सम्म इटहरी उपमहानगरले वितरण गरेको राहतको वडागत विवरण,प्रकोप ब्यवस्थापन कोषमा संकलित रकम,सहयोगका लागि गरिएको घोषणा,खादयान्न लगायत जिन्सि सहयोग र जनता क्यामपस इटहरीमा क्यारेण्टाइन निर्माणमा जुटेको सहयोगको विवरण उपमहानगरले सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]