• चैत २८, २०७६
  • जुनकिरी खबर

इटहरीमा युके समाजको राहत अभियान

alt

विश्वभर महामारीको रूपमा रहेको कोरोना भाइरस र यसको सङ्क्रमण रोक्न लगाइएको लकडाउनका कारण देश ठप्प छ । देश विदेशमा रहेका नेपालीहरू पनि कोरोनाका कारण त्यहाँ लकडाउन अवस्था छन् । तर नेपालमा लकडाउनको अवस्थाले विपन्न परिवारहरूले झेल्नु परेको समस्यालाई भने विदेशमा बस्ने नेपालीहरूको मनले छोएको छ ।

दैनिक ज्यालादारी गरी पेट पाल्ने विपन्न नागरिकहरू यो अवस्थामा अत्यन्त दुखमा छन् । उनीहरूको दुखमा राहत मार्फत मलहम लगाउने अभियानमा छ, तरहरा नेपाली समाज (युके) ।

सुनसरीस्थित तरहराका बासिन्दा जो हाल युकेमा छन् । उनीहरूको आर्थिक सहयोगले इटहरीमा पहिलो चरणमा दुई सय परिवारलाई राहत वितरण गर्ने अभियान चलाइएको छ।

नेपाली समाज युके परिवारले इटहरी आसपासका अति विपन्न परिवारलाई लकडाउनका बेला भोकै बस्न नपरोस् भनी बिहीबारबाट खाद्यान्नका सामाग्रीहरू वितरण सुरु गरेको हो ।

राहत वितरण गर्ने योजना अनुसार बिहीबारबाट राहत स्वरूप खाद्यान्नका सामाग्री वितरण सुरु गरिएको छ । पहिलो चरणमा इटहरी २ पिपल चौकमा १४ घर लाई राहत सामाग्री वितरण गरिएको छ ।

युकेमा रहेका नेपालीहरूबाट पहिलो चरणमा सङ्कलित १४५० पाउण्ड उठेको थियो । नेपालमा दुई लाख बढीको सो रकम बराबरको राहत वितरण कार्य सुरु भएको सामाजिक अभियन्ता सिजन गुरुङले जानकारी दिए ।

‘म आफै युकेमा छु, यस्तो विपत्तिमा सोचे भन्दा ठुलो रकम उठेको छ’ उनले भने ‘अब दोस्रो चरणको लागि हामी फेरी सहयोग रकम उठाउँछौ’ ।

‘विपन्न परिवारहरू यो अवस्थामा खाना नपाएर समस्यामा छन्, हामीले यो बेला जहाँ रहे पनि सानो सहयोग गर्न सके उनीहरूले राहत महसुस गर्नेथे भन्ने हाम्रो उद्देश्य हो’ ।

पहिलो चरणमा राहत पाएको परिवारहरूले युके समाजमा धन्यवाद दिएका छन् । विदेशमा बसेर नेपालीहरूको पिडालाई आफ्नै ठानेर राहत उपलब्ध गराइदिनु भएको प्रति सदैव कृतज्ञ रहने उनीहरूले बताए ।

Rahat 1

 

सम्बन्धित समाचारहरु
सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

दुहबी–१० मा टहरा हटा ...

दुहबी नगरपालिका–१० मा ऐलानी जग्गामा बनेका घर–टहरा हटाउने क्रममा एक महिलामाथि सुरक्षाकर्म ...

इटहरी गोल्डकपको उपाध ...

६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गछिया युवा समाज मोरङ ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]