• चैत ३०, २०७६
  • जुनकिरी खबर

लकडाउन उल्लघन गर्ने बिरुद्ध आक्रमक बन्दै इटहरी प्रहरी

alt

कोरोना भाईरस संक्रमण नफैलियोस भने मुलुकभर लकडाउन घोषणा गरेपनि लकडाउन उल्लंघन गर्ने क्रम रोकिएको छैन । यसमा सबै भन्दा आजित प्रहरी बनेको छ । लकडाउनमा घर बाहिर ननिस्कन आग्रह गर्दा पनि सर्वसाधरणहरु अटेरी गरि बाहिर निस्कदा प्रहरी आजित बनेको हो ।

तर सरकारले दुई दिन अघि लकडाउन कार्यान्वयन गर्न कडा निर्देशन दिएपछि प्रहरीले लकडाउन उल्लघन गर्नेहरुलाई सडकमै नियन्त्रणमा लिन थालेको छ ।

इटहरी प्रहरीले पनि लकडाउनको समयमा मर्निङवाक गर्ने, रमिते बनेर हिड्ने, तरकारी किन्ने वहाना बनाएर सडक क्षेत्रमा निस्कनेहरुलाई नियन्त्रणमा लिएर तीन घण्टासम्म सडकमै उभ्याउन थालेको हो ।

आइतबार विहान विभिन्न बहाना बनाएर लकडाउन उल्लंघन गर्ने १४४ जनालाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिएकाहरुलाई कोरोना सम्बन्धि सचेतना समेत पढाइएको थियो ।

एक मानिसबाट अर्काे मानिसमा सजिलै सर्ने कोरोना भाइरस फैलिन नदिन लगाइएको लकडाउन पालना नगर्दा जोखिम बढने तर्फ मध्यनजर गर्दै लकडाउन पालना नगर्नेहरुलाई कारवाही गरिएको इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

प्रहरी नियन्त्रणमा रहेका सर्वधारणहरुले समेत आफुुहरुले गल्ती गरेको स्वीकार गर्दै कोरोनाबाट बच्न र अरुलाई समेत बचाउन अब देखि लकडाउन उल्लंघन नगर्ने बताएका छन ।
..
नियन्त्रणमा लिइएका सर्वसाधारणलाई तीन घण्टा नियन्त्रणमा राखेर छाडियो भने नियन्त्रणमा लिएका सवारी साधन प्रहरी कार्यालयमा राखिएका छन् । यस्तै नियन्त्रणमा लिएको मोटरसाईकल लकडाउन सकिएपछि मात्र फिर्ता दिने प्रहरीले जनाएको छ ।।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]