• असार २३, २०७६
  • जुनकिरी खबर

सरकारद्वारा विराटनगरमा विषादी परीक्षण प्रयोगशाला स्थापना

alt

विराटनगर । विराटनगर स्थित बाली संरक्षण प्रयोगशालामा विषादी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । एक नम्बर प्रदेश सरकारको सहयोगमा प्रयोगशाला स्थापना भएपछि विराटनगर भंसार नाकाबाट आयातित तरकारी र फलफूलको विषादी परीक्षणका लागि झापाको विर्तामोड स्थित विषादी परीक्षण केन्द्र जानु नपर्ने भएको छ ।

पहिलो चरणमा स्थानीय बजारमा ल्याइएका तरकारी र फलफूलहरुको विषादी परीक्षण गरिने र विषादी भेटिए नष्ट गरिने सो प्रयोगशालाले जनाएको छ । सरकारले आयात गरिएका तरकारी र फलफूलका लागि अनिवार्य गरेको विषादी परीक्षण केही दिनका लागि स्थगित गरेको जनाइरहेका बेला विराटनगरमा नै प्रयोगशाला स्थापना गरिएको हो ।

सो प्रयोगशालामा कार्बोनेट र अर्गानो फस्फेट ग्रुपको विषादीहरुको परीक्षण गर्न शुरु गरिएको प्रयोगशालाका प्राविधिक सहायक घनश्याम बरालले जानकारी दिनुभयो । 

विषादी परीक्षण प्रयोगशालाका लागि मुख्य चाहिने स्पेक्ट्रोफोटोमिटर र फ्युम हुड लगायतका उपकरणहरु ल्याईसकिएको र अन्य उपकरणहरु जडान गर्ने प्रक्रियामा रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]