• वैशाख १, २०७७
  • जुनकिरी खबर

ढुवानी सहज नहुँदा पूर्वमा औषधि अभाव

alt

ट्रान्सपोर्ट कम्पनीले ढुवानी गर्न आनाकानी गरेपछि प्रदेश १ मा औषधि अभाव हुन थालेको छ। काठमाडौं र विरगन्जबाट आउने औषधि विराटनगरबाट मात्रै अन्य जिल्लामा ढुवानी हुने भएकाले वितरणमा समस्या हुन थालेको हो।

पहिला आयात गरिएको औषधी सकिन थालेपछि वितरण गर्न समस्या भएको औषधी व्यवसायी बताउँछन्। ‘लकडाउन अघि ल्याएको औषधीले धानिरहेको थियो, त्यसपछि काठमाडौ र विरगन्जबाट एक पटक ल्याएका हौँ, तर, ट्रान्सपोर्टहरुले बाटोमा समस्या भएको भन्दै त्यसपछि ल्याउन मानेनन्’, औषधि ब्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सीनाले भने। औषधि ढुवानीमा प्रहरीले सहयोग नगरेको व्यावसायीको गुनासो छ।

प्रदेश १ का सबै जिल्लामा औषधि पुर्‍याउने ठुला व्यवसायी विराटनगरमा छन्। लकडाउन सुरु भएसँगै विराटनगर बाहेक अन्यत्र औषधि पुर्‍याउन समस्या भएको औषधि व्यवसायी संघका कोशी अध्यक्ष कुमार खतिवडाले बताए। ‘अहिले औषधी पुर्‍याउने कर्मचारीलाई प्रहरीले रोक्न थालेपछि अहिले समस्या छ’, उनले भने। चिकित्सक र बिरामीलाई नभई नहुने औषधि पनि सहज रुपमा ढुवानी हुन नसकेको खतिवडाले बताए। ‘कोरोना संक्रमणको त्रासका बावजुद चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगै अग्रपंक्तिमा खटिएर सेवा दिँदा समेत हाम्रो समस्या बुझिएन’, उनले भने।

पछिल्लो समस्याबारे ध्यानाकर्षण गराउँदै व्यवसायीले प्रदेश सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन्। तर, अझै अवस्था सहज नभएको व्यवसायी लक्ष्मीप्रसाद तिम्सीना बताउँछन्। सरकारले गम्भीर नबन्दा आगामी दिनमा अझै समस्या जटिल हुने उनको भनाई छ। औषधी व्यवसायीको ज्ञापनपत्र बुझेका प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले समस्या सम्बोधन र सहजिकरणका लागि प्रयास भईरहेको जानकारी दिए।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]