• वैशाख २, २०७७
  • जुनकिरी खबर

इटहरीमा र्यापिड टेस्ट सुरु, अब प्रारम्भीक रिर्पाेट तत्कालै पाइने

alt

इटहरीको क्वारेन्टाइनमा चार जना थपिएका छन् । भारतको पन्जावबाट आएका उनीहरुलाई सोमबार नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको हो ।

उनीहरु सुनसरीको इनरुवा, चाँदबेला र बारा जिल्लाको जितपुरका भएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमले जानकारी दिएकी छिन् ।

उपमेयर गौतमका अनुसार चार जना थपिएसँगै इटहरीको जनता बहुमुखी क्याम्पसमा उपमहानगरले निर्माण गरेको क्वारेन्टाइनमा १६ जना पुगेका छन् । जसमा ११ भारतीय र ५ नेपाली नागरिक रहेका छन् । ती मध्ये ११ भारतीयको स्वाब परिक्षणका लागि नमूना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । बाँकी ४ जनाको पठाइने उपमेयर गौतमले बताइन् ।

यस्तै, इटहरी अस्पतालमा (आज) मंगलबारबाट र्‍यापिड टेस्ट थालिने भएको छ । त्यसका लागि एक जना प्राविधिकले टेष्टको बिषेश तालिम लिएर आएको उनले जनाइन् । कोरोना संक्रमणको शंका लागेका व्यक्तिहरुमा प्रारम्भिक टेष्टका लागि इटहरी अस्पताललाई केही टेष्ट किट आएकाले आजबाट टेष्टको कार्य थालिने उनले बताइन् ।

शंकामा रहेका व्यक्तिहरुको रगत लिएर टेष्ट किट्सबाट प्रारम्भिक टेष्ट गरिने उनले बताइन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]