• वैशाख २, २०७७
  • जुनकिरी खबर

बिसिजी खोपले कोरोना नियन्त्रण गर्न सक्छ !

alt

विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण रोक्न यतिवेला विश्वभरका मेडिकल वैज्ञानिकहरू अनुसन्धानमा लागेका छन् । नयाँ औषधि र खोपको खोजी जारी छ भने पुरानै औषधि र खोपहरू कोरोनाको संक्रमणमाथि विजय हासिल गर्न उपयोगी हुन्छन् कि भन्ने अनुसन्धानसमेत भइरहेको छ । यसैक्रममा क्षयरोग नियन्त्रणका लागि दिइने बिसिजी (ब्यासिल क्यालामेट ग्रिएन) खोप कोरोना भाइरसका लागि पनि उपयोगी हुन सक्ने चिकित्सा क्षेत्रका केही अनुसन्धाताहरूले निष्कर्ष निकालेका छन् ।

बेलायत र अमेरिकी अनुसन्धानकर्ताहरूको समूहले बिसिजी खोप अनिवार्य नगरिएका मुलुकमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको दर १० गुणा बढी रहेको तथ्य सार्वजनिक गरेको हो । ९ देखि २४ मार्चसम्म बिसिजी खोप अनिवार्य भएका र नभएका एक सय ७८ देशको कोरोना संक्रमण र मृत्युदरसम्बन्धी तथ्यांक विश्लेषण गरी निष्कर्ष निकालिएको थियो । त्यसक्रममा खोप दिइएको देशमा प्रति १० लाखमा ३८.४ जनामा संक्रमण र मृत्युदरचाहिँ प्रति १० लाख संक्रमितमा मृत्युदर ४.२८ रहेको पाइयो । खोप नदिइएका देशमा चाहिँ संक्रमण र मृत्युदर उच्च रहेको देखियो । खोप नलगाइएका देशमा प्रति १० लाखमा ३ सय ५८ जनामा संक्रमण रहेको भेटियो भने मृत्युदर पनि प्रति १० लाखमा ४० देखियो ।  यो विश्लेषणका लागि उनीहरूले विभिन्न एक सय ७८ मुलुकको तथ्यांक संकलन गरेका थिए । त्यसमध्ये २१ मुलुकमा बिसिजी खोप अनिवार्य थिएन भने २६ मुलुकको तथ्यांकमा पूर्ण रूपमा समानता थिएन ।  

इटाली, अमेरिका र नेदरल्यान्डमा मृत्युदर बढ्नुको कारण बिसिजी खोप अनिवार्य नगरिनु

अमेरिकाको न्युयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीअन्तर्गतको ‘निट कलेज अफ ओस्टे ओप्याथिक मेडिसिन’ मा आबद्ध आरोन मिल्लरसहितको एउटा समूहले बिसिजी खोप अनिवार्य बनाएका मुलुकमा कोरोना भाइरसको संक्रमण र मृत्युदरसम्बन्धी अध्ययन गरेको थियो । सो अध्ययनको निष्कर्ष छ, ‘बिसिजी खोप अनिवार्य नगरिएका मुलुकहरू जस्तै, इटाली, नेदरल्यान्ड, अमेरिकाजस्ता मुलुकमा कोरोना भाइरसको संक्रमण र मृत्युदर बढी छ भने सन् १९८४ पछि बिसिजी खोप अनिवार्य गरिएको इरानमा वृद्ध अवस्थाका मानिसमा कोरोना संक्रमणको असर बढी छ ।’ यसै आधारमा उनीहरूको पनि उस्तै निष्कर्ष रह्यो, ‘बिसिजी खोप कोरोना भाइरसको संक्रमणलाई निस्तेज पार्न उपयोगी हुन सक्छ ।’  

कोरोना भाइरसको कुनै औषधि निर्माण र खोपको आविष्कार अझै हुन सकेको छैन । सो अनुसन्धानका आधारमा बिसिजी खोप लगाएका मुुलुकमा कोरोना भाइरसको मृत्युदर कम भएको दाबी गरिएका निष्कर्ष आउन थालेपछि कोरोना भाइरसको मारले आक्रान्त विश्वमा आशाको सञ्चार भएको छ । यसैक्रममा अस्ट्रेलियाको मर्डाेक रिसर्च इन्स्टिच्युट (एमसिआरआई)ले ‘बिसिजी खोपले कोरोना भाइरसको संक्रमणबाट बच्न उपयोगी हुन्छ कि भनेर परीक्षण सुरु गरेको रिपोर्ट चिकित्सासम्बन्धी समाचार दिने बेलायती अनलाइन पोर्टल मेडिकलन्युजटुडेडकटमले उल्लेख गरेको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]