• वैशाख ३, २०७७
  • जुनकिरी खबर

सुनसरीको मस्जिदमा थप १० भारतीय भेटिए

alt

सुनसरीको भोक्राहा नरसिँह गाउँपालिकामा रहेको एक मस्जिदमा १० जना भारतीयहरु बस्दै आएको पाइएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रहेको खतिजन कुब्रा नामक मस्जिदमा १० जना भारतीयहरु आश्रय लिएर बसेको फेला परेको हो ।

आश्रय लिएर बसेका उनीहरु भारतको पश्चिम बंगाल राज्यको कलकत्ता नजिक पश्चिम मधनीपुर स्थायी ठेगाना भएकाहरु हुन् । उनीहरु गत फागुनमा सप्तरीको बोदेबसाइनमा सम्पन्न मुस्लिमहरुको धर्मसभामा सहभागी हुन आएको बताएका छन् ।

नेपाल मुस्लिम संघ प्रदेश एकका सभापति हाजी इसराइल मन्सुरीका अनुसार उनीहरु सबैलाई निगरानीमा होमक्वारेन्टाइनमा राखिएको छ ।उनीहरु सबै ३० देखि ५० वर्ष उमेर समूहका छन् ।

लकडाउनपछि १ नम्बर प्रदेशको सुनसरी , मोरंग र उदयपुरका बिभिन्न स्थानमा आश्रय लिएर बस्दै आएका भारतीय, पाकिस्तानी नागरिकहरु फेला पर्दै आएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]