• वैशाख ४, २०७७
  • जुनकिरी खबर

इटहरीमा लकडाउनको अवधिमा दुई जनप्रतिनिधिको निधन

alt

लकडाउनको अवधिमा सुनसरीको इटहरी उपमहानगरपालिकाले दुई जना जनप्रतिनिधि गुमाएको छ ।

पछिल्लो १४ दिनको अन्तरले उपमहानगरले दुई जना जनप्रतिनिधि गुमाएको हो । बिहीबार वडा नम्वर १ का वडाध्यक्ष विष्णु चौधरीको ५५ वर्षको उमेरमा निधन भएको छ । उनी लामो सयमदेखि उपचाररत थिए ।

स्वास्थ्यमा थप जटिलता देखिएपछि नोवेल मेडिकल कलेज विराटनगर पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

यसअघि वडा नम्वर १० कि दलित महिला सदस्य दुलारी ऋषिदेवको गत २१ चैतमा निधन भएको थियो ।

इटहरी उपमहानगर नगर कार्यपालिकाको आकस्मिक बैठकले जनप्रतिनिधिको असामयिक निधनले उपमहानगर मर्माहत र स्तब्ध भएको जनाउँदै शोक प्रस्ताव पारित गरेको छ ।

दुई जनप्रतिनिधिको निधनले उपमहानगरलाई अपूरणीय क्षति भएको उपमहानगरले जारी गरेको शोक वक्तब्यमा उल्लेख गरिएको छ ।

निधकको शोकमा उपमहानगरमा राष्ट्रिय झण्डा आधा झुकाउने र बिहीबार एक दिन उपमहानगर र वडा कार्यालयहरूमा शोक बिदा दिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]