• वैशाख ५, २०७७
  • जुनकिरी खबर

उदयपुरमा बसेका १२ जनालाई कोरोना संक्रमण

alt

उदयपुरमा बसेका १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । शुक्रबार गरिएको परीक्षणमा १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

संक्रमण देखिएकाहरुलाई विराटनगर ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

‘१२ जनामा संक्रमण देखिएको मौखिक जानकारी आएको छ ।’ उनले भने ‘ सबैलाई विराटनगर लैजाने तयारी गर्दैछौं ।’

लुकेर बसेका १६ जनाकाे कोशी अस्पतालमा थ्रोट स्वाब परीक्षण गर्दा पाेजेटिभ देखिएकाे थियाे । कोशीको परीक्षणामा संकास्पद देखिएपछि थप परीक्षणका लागि काठमाडौ पठाइएको हो ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ जनाकै परीक्षण गर्दा १२ जनाकाे रिपाेर्ट पाेजेटिभ अाएकाे हाे ।

उनीहरू उदयपुरकाे त्रियुगा नगरपालिका ३ स्थित त्रियुवा बहुमुखी क्याम्पसकाे क्वारेन्टाइनमा बसेका थिए ।

उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार उनीहरु लक डाउन अघि उदयपुर पुगेका थिए ।

उनीहरुको ट्राभल हिस्ट्री ट्याकीङको काम भइरहेको उनले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]