• वैशाख ६, २०७७
  • जुनकिरी खबर

लक्षण नदेखिने संक्रमितले जोखिम

alt

कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमण भएपछि के कस्ता लक्षण देखिन्छन् भनेर जनमानसमा प्रचार गरिएभन्दा भिन्न पनि लक्षण पाइएपछि परीक्षणको काम द्रुत गतिमा बढाउनुपर्ने चिकित्सकहरूले बताएका छन् ।

बाहिरबाट हेर्दा संक्रमित जस्तो सामान्य लक्षण पनि नदेखिने बिरामीको संख्या बढ्दै जाँदा त्यस्ता बिरामी अझ धेरै भएर पनि परीक्षणको दायरामा नआएको हुन सक्ने आकलन विज्ञहरूले गरेका छन् ।

त्यस्ता व्यक्ति जसमा संक्रमण भएको धेरै समयसम्म सुक्खा खोकी, ज्वरो, बिरामीको कुनै लक्षण नदेखिँदा पनि उनीहरूले संक्रमण सार्न सक्छन् । हालसम्म विभिन्न अध्ययन र अवस्थाले ‘कोभिड–१९’ सुषुप्त रूपमा फैलिन सक्ने क्षमता राख्ने समेत उनीहरू औंल्याएका छन् ।

स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकअनुसार द्रुत परीक्षण किटबाट हालसम्म करिब १५ जनाको कोभिड–१९ संक्रमणको स्थिति ‘पोजेटिभ’ देखिएको छ तर उक्त किटबाट परीक्षण गरिएकाहरूलाई पुन: पीसीआर जाँच गर्दा तीन जनामा मात्र पोजेटिभ देखिएको हो ।

‘संक्रमित भए पनि लक्षण नदेखिनेहरू यो रोगको शान्त रूपमा विस्तार गर्नेहरू हुन्,’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्रमुख प्राडा.सञ्जीवकुमार शर्माले भने, ‘हाल मुलुकमा भएको पीसीआर र द्रुत परीक्षण (एपिट बडी आधारित) किटबाट भएको नमुना परीक्षणको नतिजाले यो कुरालाई प्रस्ट रूपमा औंल्याएको छ ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]