• वैशाख ६, २०७७
  • जुनकिरी खबर

जोखिममा प्रदेश १ : घर बाहिर निस्किए सोझै क्वारेन्टाइन

alt

शुक्रवार साँझ उदयपुरको भुल्केमा एकै ठाउँ १२ जनालाई कोरोना पोजेटिभ देखिएपछि सिङ्गो देशकै ध्यान एक पटक खिचियो । प्रदेश एककाे उदयपुरमा १२ जना देखिनु अगाडी कोरोना सङ्क्रमित नदेखिएकोमा एकै पटक देशको ४० प्रतिशत कोरोना सङ्क्रमित प्रदेश एकमा देखियो ।

हाल नेपाल भरि प्रमाणित कोरोना सङ्क्रमित ३० जना छन् जसमध्ये प्रदेश एकमा १२ जना रहेका छन् । कोभिड १९ सङ्क्रमितको सङ्ख्या एकै दिन १२ जना थप भएपछि प्रदेश १ मा अहिले जोखिम ह्वात्तै बढेको छ ।

शुक्रवार १२ जनालाई कोरोना देखिएपछि हाल उनीहरूलाई अहिले कोरोना अस्पताल विराटनगरको आइसोलेसनमा राखिएको । भने उनीहरू सँगैका ४ जनालाई मोरङको टाढीको क्वारेन्टाइनमा राखिएको छ ।

के छ त प्रदेश सरकारको तयारी ?

कोरोनाबाट जोगिन नेपाल सरकारले एक महिना देखी लकडाउन गरिरहेको छ यसबाहेक प्रदेश सरकारले पनि अन्य महामारी नियन्त्रणमा विभिन्न कम गर्दै आएको छ । लुकीछिपी रातीको समयमा हिँड्ने र मस्जिद परिवर्तन गर्ने क्रम नरोकीएकपछी अहिले देशै भरका मस्जिदहरूलाई उच्च निगरानीमा राखिएको छ ।

कोरोना जोखिमबाट बच्न उदयपुरको सीमा जोडिएको सुनसरीले सबै नाका बन्द छन् । प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी सुमन कुमार तिम्सिनाका अनुसार शनिवारबाट प्रहरीको जनशक्ति थप गरेर लकडाउन कडाइ गरिएको छ ।

हिजो अस्ति जस्तो नर्मल मानिसको आवतजावत पुर्णरुपमा बन्द हुने र बाटोका हिँडेको भेटिए सिधै क्वारेन्टाइनमा पुर्‍याइने उनको भनाई छ । त्यसमा पनि विशेष गरी मोरङ र सुनसरीमा बढी कडाइ गरिएको एसपी तिम्सिनाले जानकारी दिए ।

सुरक्षा सँगै उपचारमा तत्काल प्रदेश एक सक्षम देखिए पनि पुन सङ्क्रमित बढेको अवस्थामा स्थिति जटिल हुन सक्ने देखिन्छ । प्रदेश एकमा ४ हजार ४ सय ४७ क्वारेन्टाइन बेड निमार्ण भएका छन् । अहिले क्वारेन्टाइन भन्दा पनि प्रदेश सरकारले आइसोलेसन तथा उपचारलाई चुस्त बनाउनु पर्ने देखिएको छ ।

र्‍यापिड परीक्षणले गर्दा अहिले क्वारेन्टाइनमा बस्नेहरूको रिपोर्ट आइरहेका छ । तर कोरोना सङ्क्रमितलाई उपचार गर्ने छुट्टै अस्पतालहरू भने न्यून छन् । प्रदेश सरकारले कोरोना सङ्क्रमित उपचारको लागि विराटनगरमा ५० बेडको कोसी अस्पताल अन्तर्गत कोरोना विशेष अस्पताल बनाएको छ ।

अस्पताल भए पनि अहिले पनि जनशक्ति अभाव देखिएको छ । चिकित्सकको अभावमा थप बिरामी आए समस्या हुने कोसी अस्पतालकी निर्देशक डाक्टर सङ्गीता मिश्रले बताइन् । कोरोना सङ्क्रमितको उपचारमा चिकित्सक खटाउँदा अरू बिरामी उपचा बाट वञ्चित हुने भएकोले जनशक्ति थप गर्नुपर्ने उनको भनाई छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]