• वैशाख ७, २०७७
  • जुनकिरी खबर

बराहक्षेत्र नगरको विपत् व्यवस्थापन राहत कोषमा ९४ लाख भन्दा बढी जम्मा

alt

बराहक्षेत्र नगरपालिकाको विपत् व्यवस्थापन राहत कोषमा नगदसँगै जिन्सी सामग्री संकलन हुने क्रम जारी रहेको छ । हालसम्म कोषमा ९४ लाख २६ हजार ३ सय ९७ रुपैयाँ ८० पैसा संकलन भएको नगरपालिकाले जनाएको छ ।

कोषमा नगदसहित जिन्सी सामग्री समेत संकलन भइरहेको छ । बराहक्षेत्र नगरपालिकाका सूचना अधिकृत पुकार पोखरेलका अनुसार विभिन्न संघसंस्था र व्यक्तिहरुबाट खाद्यान्न सहयोग भइरहेको छ ।

खाद्यान्न अन्तर्गत सप्तकोशी कृषि सहकारी बराहक्षेत्र ६ ले पाँच सय ७५ केजी चामल र ६ केजी दाल, २५ केजी दाल, २५ केजी नुन, साढे १२ लिटर तेल, राप्रपा नगर नगर कार्यसमितिले एक हजार दुई सय ५० केजी चामल, सहारा नेपालले एक हजार केजी चामल, प्रभु बैंक कालाबञ्जारले एक हजार दुई सय ५० केजी चामल हस्तान्तरण गरेको छ ।

त्यसैगरी केशव दाहालले दुई सय ५० केजी चामल, उमिता बराइली (प्रदेश सभा सदस्य)ले पाँच सय केजी चामल र नाम नखुलेकाहरुले एक हजार केजी चामल सहयोग हस्तान्तरण गरेका छन् । नगरपालिकाले दातालाई नगद मात्रै नभएर जिन्सी सामग्री प्रदान गर्न समेत अनुरोध गरेको छ ।

साथै बराहक्षेत्र वडा नम्बर ३ लाई हङकङमा बसोबास गर्ने बराहक्षेत्र ३ नडाहा निवासी पुष्पबल तामाङ्गले बराहक्षेत्र नगरपालिका ३ नं. वडालाई राहात वितरणका लागि ५५ हजार पाँच सय ५५ रुपैयाँ हस्तान्तरण गरेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]