• वैशाख ७, २०७७
  • जुनकिरी खबर

लकडाउनका कारण प्रदेश १ मा औषधि अभाव हुने सम्भावना

alt

लगातारको लकडाउनका कारण अति आवश्यक औषधि समेत अभाव हुने सम्भावना बढेर गएको छ ।

भारत सरकारले अत्यावश्यक २३ प्रकारका औषधि आयात गर्न दिने भने पनि यस्ता अत्यावश्यक औषधिहरुकाे उपलब्धता कमहुँदै गएको औषधि व्यवसायीहरु बताउछन् ।

विशेष गरेर शल्यक्रियामा प्रयोग हुने, आइसियु र सिसियुमा प्रयोग हुने अत्यावश्यक औषधिहरु विस्तारै अभाव हुन थालेको र सरकारले यसतर्फ ध्यान नदिए बिरामीले यस्ता औषधि नपाउदा समस्या भोग्नुपर्ने औषधि व्यवसायीहरु बताउछन् ।

धरानस्थित बीपी कोइराला विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दर्जनौ विभिन्न रोगका शल्यक्रिया हुने र सिकिस्त विरामीलाई सघन उपचार सेवा (आइसियु) र बच्चालाई सिसियुमा राख्दा अत्यावश्यक औषधि प्रयोग गर्ने गर्दछ । यी औषधि तत्काल नभए बिरामीको ज्यान समेत जान सक्ने जोखिम हुन्छ । यस्ता औषधिहरु अहिले आयात हुन नसक्दा स्टकमा रहेका औषधिहरु समेत सकिदै गएको औषधि व्यवसायीको भनाई छ ।

धरान-१८ स्थित बीपी क्याम्प अगाडि अनिता मेडिकल हलका संचालक वीरेन्द्र गुप्ताले बीपीमा शल्यक्रिया तथा आइसियुमा बिरामी राखेर उपचार गराउदा प्रयोग हुने औषधि सकिदै गएको  बताएका छन् । उनले निरन्तर पाइने औषधि अहिले पनि प्रसस्त भए पनि शल्यक्रिया तथा आइसियुमा प्रयोग गरिने मनोदिपक र जीवन रक्षक औषधिहरु  अभाब हुँदै गएको बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]