• वैशाख ८, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा ३८७ को स्वाब परीक्षण : अब फाइनल रिपोर्ट बीपीले दिने

alt

प्रदेश १ मा ३ सय ८७ जनाको स्वाब परीक्षण गरिएको छ। जसमध्ये १३ जनामा कोरोना पुष्टि भएको छ।  प्रदेश १ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुन्छ। 

प्रदेश १ मा आइतबार सम्ममा २ हजार २ सय ८१ जनाको आरडीटी विधिबाट नमुना परीक्षण भएको छ। सो परिक्षणमा रिपोर्ट पोजिटिभ आए धरान र विराटनगरमा थप परीक्षण गरिदै आएको छ। प्रदेशका १४ जिल्लामै आरडीटी परीक्षण भइरहेको छ। 

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन ६ सय ७६ जना छन्। आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ६ महिला र १७ पुरुषसहित २३ उपचार गराइरहेका छन्। 

होम क्वारेन्टाइनमा जम्मा ४ हजार २ सय २३ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण भएको छ। संक्रमित दुई नेपाली र ११ भारतीय नागरिक हुन्। 

अब फाइनल रिपोर्ट बीपीले दिने
यस अघि प्रदेशको ल्याबमा  स्वाब परिक्षण गर्दा पोजिटिभ रिपोर्ट आए टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रमाणित गरेपछि मात्रै अन्तिम रिपोर्ट मानेर सार्वजनिक गर्ने गरिएको थियो। अब बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक गरेको रिपोर्टलाई अन्तिम मानिने छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षण रिपोर्ट प्रदेश १ को बिपीले फाइनल गर्ने बताएका हुन्। 

विराटनगरको कोशी अस्पतालमा पोजिटिभ रिपोर्ट आए त्यसलाई धरानमा पुन परीक्षण गरी अन्तिम मानिनेछ भने धरानमानै परिक्षण भएकोलाई दोहो¥याएर परीक्षण गरेर सार्वजनिक गरिने छ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]