• वैशाख ९, २०७७
  • जुनकिरी खबर

१ नम्बर प्रदेशमा कोरोना संक्रमण कसरी भयो ?

alt

चार महिनाअघि नेपाल छिरेका ११ भारतीयसहित प्रदेश १ का दुई नेपाली नागरिकलाई कोरोना पुष्टि भयो। कोरोना संक्रमित २ नेपाली नागरिक पनि ११ भारतीयसँग ४ महिनादेखि सँगै भएकाले उनीहरूलाई एकै स्थानबाट कोरोना संक्रमण भएको चिकित्सकको आशंका छ। तर, मंसिरदेखि नै नेपालमा भएकाले उनीहरूमा कोरोना संक्रमणको सुरुवात कहाँबाट भयो ? प्रदेश १ सरकार, चिकित्सक र सुरक्षा निकायको अहिले टाउको दुखाइको विषय बनेको छ।

केही दिनअघि मात्रै मुख्यमन्त्री शेरधन राईले प्रदेश १ का पहाडी जिल्ला सुरक्षित नै छन्, तराईका चार जिल्ला (झापा, मोरङ, सुनसरी र उदयपुर) मा निगरानी बढाए कोरोनाबाट प्रदेशलाई जोगाउन सकिने बताएका थिए। सुरक्षा निकायको बैठकमा पनि सीमा क्षेत्रमा कडाइ गर्ने र भारतबाट छिरेकाको निगरानी गर्ने उनको निर्देशन थियो। यसै समयमा नेपालको ‘ग्राफ’नै परिवर्तन गर्ने गरी ठूलो संख्यामा प्रदेश १ मा रहेका भारतीय नागरिकमा कोरोना पुष्टि भएपछि प्रदेश १ सरकारलाई चुनौती थपिएको छ।

प्रदेशका सबै १४ जिल्लामा सुरु गरिएको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पनि दैनिक पोजेटिभ रिपोर्ट आउन थालेपछि विराटनगर र धरानको ल्याबमा काम गर्ने चिकित्सकलाई पनि चाप र तनाव थपिएको छ। शनिबार मात्रै पहाडी जिल्ला तेह्रथुममा आरडीसी परीक्षणमा ६ जनाको रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षण नहुँदै पहाड पनि खतरामा परेको हो कि ? आशंकामा सुरक्षा र स्वास्थ्य निकायलाई निगरानी र बाँकी चुनौती सामना गर्न तयारी अवस्थामा रहन मुख्यमन्त्रीले निर्देशन दिए।

‘तयारी सम्पूर्ण क्षेत्रमा द्रुत गतिमा गरेका छौँ, परीक्षण र व्यवस्थापनमा कमजोरी हुन नदिन सबै निकाय परिचालित छन्,’ मुख्यमन्त्री राईले भने, ‘ठूलो मात्रामा कोरोना पोजेटिभ प्रदेश १ मा भए पनि हामी गम्भीर रूपमा लागेका छौँ।’ उनले प्रदेश १ का तराईको ठूलो क्षेत्र भारतसँग जोडिएकाले चुनौती बढी भएको मूल्यांकन यसअघि नै गरेर तयारी गरेकाले व्यवस्थापनमा सहज भएको बताए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]