• वैशाख ९, २०७७
  • जुनकिरी खबर

तरहरा जंगलमा ११ भारतीय भेटिए

alt

इटहरी २० तरहराको जंगलमा लुकेर बसेका ११ भारतीय नागरिकलाई इटहरी प्रहरीले मंगलवार फेला पारेको छ । तरहराको जंगलमा फेला पारिएका ११ जना भारतीय नागरिक मुस्लिम समुदायका भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । स्थानीय बासिन्दाको सूचनाका आधारमा प्रहरीले मंगलबार उनिहरुलाई तहराको जडीबुटी प्रशोधन केन्द्र नजिकबाट फेला पारेको हो ।

उनिहरु चैत्र ८ गते नै सो स्थानमा आएको र लकडाउनका कारण त्यही बस्दै आएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपि धर्मराज भण्डारीले बताए । उनका अनुसार ११ भारतीय नागरिकहरु खोटो संकलनका लागि भोजपुर तर्फ हिडेको तर लकडाउनका कारण सवारी नचल्दा रोकिएर तरहराको जंगलमा बसेको बताए ।

उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिई इटहरी अस्पतालमा र्यापिड टेष्ट गराई जनता बहुमुखी क्याम्पसमा निर्माण भएको क्वारेन्टाइनमा लगिएको डिएसपि भण्डारीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]