सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीले लकडाउनको समयमा उद्योग व्यवसाय बन्द भएको र त्यस अवधिमा काम नगरेका मजदुरको पारिश्रमिक भुक्तानी ‘नो सेल्स, नो विजनेस, नो कलेक्सन, नो वर्क, हाउटु पे’ को सिद्धान्त अनुसार गर्ने निर्णय गरेका छन् ।
उद्योग संगठन र मोरङ व्यापार संघको संयुक्त बैठकले उद्योग बन्द भएको समयमा मजदुरलाई ‘नो वर्क, नो पे’ गर्ने निर्णय गरिएपनि हालको विषम परिस्थितिलाई ध्यानमा दिएर अर्को निर्णय नभएसम्म सामान्य अवस्थामा मजदुर कर्मचारीले खाइपाइ आएको मासिक तलबको ५० प्रतिशतसम्म जीविकोपार्जनका लागि पेस्की स्वरुप उपलब्ध गराउने सहमति भएको उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले बताए।
करिडोरमा साना ठूलासहित ५ सय उद्योग सञ्चालनमा छन्। ती उद्योगमा झन्डै ५० हजार मजदुर आश्रित छन्। ती मजदुरलाई काम नभएको समयको पारिश्रमिक भन्दापनि मासिक खाइपाइ आएको तलबको आधा रकम हाललाई पेस्की स्वरुप उपलब्ध गराएर जीविकोपार्जनका लागि सहयोग गर्न उद्योगी सहमत भएको व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved