• वैशाख १०, २०७७
  • जुनकिरी खबर

सुनसरीमा बिहान तोकिएका पसल खुल्ने, साँझ ठप्प पारिने

alt

सुनसरीमा बुधबारदेखि लकडाउन खुकुलो बनाइने भएको छ । उपभोक्ताहरुको सुविधालाई मध्यनजर गर्दै विहान ७ बजे देखि १० बजेसम्मको समयमा अत्यावश्यक आवश्यकताका सामान बिक्रि गर्ने पसल खोल्न दिइने भएको हो ।

साँझ बजारमा देखिने भीडलाई व्यवस्थित गर्न समय निर्धारण गरी पसल खोल्न लागेको हो । बिहान तोकिएका पसल खुल्न दिने र साँझ भने ठप्प पार्ने योजना रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए ।

तर सामान किन्दा र बेच्दा सरकारले तोकेको मापदण्डअनुसार निश्चित दुरीमा रहेर र मास्क लगाएर खरीद बिक्रि गर्नुपर्नेछ ।

उनका अनुसार स्थानीय निकाय र उद्योग वाणिज्य संघको समन्वयमा पसल खुल्नेछन् । कुन पसल खुल्ने भन्ने निर्णय उद्योग वाणिज्य संघले गर्नेछ । बिहान पसल खुलेपनि अन्य प्रतिबन्धहरु कायमै छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]