• वैशाख १२, २०७७
  • जुनकिरी खबर

सरकारको बिरोधमा नेबिसंघले गर्यो इटहरीमा बिरोध

alt

नेपाल विद्यार्थी संघले सरकारले ल्याएको अध्यादेशका बिरुद्ध देशका ७७ वटै जिल्लाका प्रमुख स्थानहरुमा सांकेतिक बिरोध प्रदर्शन गरेको छ ।

मुलुकको ध्यान कोरोना भाइरसबाट जनतालाई बचाउनु पर्ने बेला राजनितिक अस्थिरतामा लागेको उनको आरोप थियो ।

दल फुटाउन राजनीतिक दल सम्बन्धि अध्यादेश र संवैधानिक मुल्यमान्यता माथी नै प्रहार गर्दै संवैधानिक परिषद सम्बन्धि ऐन संसोधन गर्न संसद छलेर निरंकुशता लाद्न अध्यादेश ल्याएको बताएको छ ।

नेविसंघले बाध्य भएर लकडाउनमा समेत देशभरका प्रमुख स्थानहरुमा ५ जनामात्र भेला भइ कम्तीमा १ फिटको दुरी कायम गर्दै प्लेकार्ड र कालो झण्डा देखाउदै सांकेतिक बिरोध प्रदर्शन गरेको हो ।

आफ्नो गृहनगर इटहरीमा सांकेतिक बिरोध प्रदर्शनको नेतृत्व केन्द्रीय अध्यक्ष राजिव ढुंगानाले गरेका थिए । सर्वोच्चता र व्यवस्थाको रक्षाका लागि आफुहरु बिरोध प्रदर्शनमा उत्रन बाध्य भएको अध्यक्ष ढुंगानाले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]