• वैशाख १३, २०७७
  • जुनकिरी खबर

बेलबारीका विवादित इन्स्पेक्टर बुढाथोकी दंगा तानिए

alt

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक गुणराज बुढाथोकी कारबाहीमा परेका छन् । शक्तिको दुरुपयोग गरेको भन्दै बुढाथोकीलाई प्रहरी प्रधान कार्यालयले कारबाही गरेको हो ।

बुढाथोकीलाई तीनदिन भित्र दंगा नियन्त्रण गण दुहवीमा हाजिर हुन भनिएको र बेलबारीमा जिल्ला प्रहरी कार्यालय बिराटनगरमा कार्यरत ऋषिराज ढकाललाई खटाईएको प्रहरीले जनाएको छ । प्रहरी श्रोतले भने बुढाथोकी कारबाही नगरेको भन्दै काज सरुवा मात्र भएको दावी गरेको छ ।

बुढाथोकी बेलबारी आएदेखी नै शक्तिको दुरुपयोग गर्दै दादागिरी शैलिमा प्रस्तुत हुने गरेका थिए । बाहिर सिंहम इन्सपेक्टर भनाउँदै निजी घुमुवा राखेर असुली धन्दा नै चलाउँदै आएका थिए ।

त्यसबेला मोरङका प्रहरीका प्रमुख बिश्व अधिकारीको बिशेष निगाह पाएका बुढाथोकी कारबाहीबाट बचेका थिए । त्यसबेला घुमुवा प्रहरी हवल्दार पदम बिष्ट भने कारबाहीमा परेका थिए ।

केहिदिन पहिला बुढाथोकीले बिराटनगरमहानगरपालिकाका मेयरका स्वकिय सचिव त्रिभुषण गिरीलाई इप्रका बेलबारीमा दिनभर थुनेका थिए । इन्स्पेक्टर बुढाथोकीले आफ्नी श्रीमतीलाई गिरीले जिस्क्याएको भन्दै मेयरका स्वकीय सचिव गिरीलाई बैशाक ३ गते दिनभर हिरासतमा थुनेका थिए ।

इलाका प्रहरी कार्यालय बेलवारीका इञ्चार्ज इन्स्पेक्टर बुढाथोकीले शक्तिको दुरुपयोग गर्दै श्रीमती जिस्क्याएको आरोपमा थुनेपछि नेपाल प्रहरीले बिभागिय कारबाही गरेको हो । बिराटनगर बस्दै आएका गिरीले प्रहरीको श्रीमती जिस्क्याएको मौखिक उजुरी प्रहरीमा परेको थियो । त्यसबारे पहिले वडा प्रहरी कार्यालय बिराटनगरमा प्रहरी र गिरीबीच छलफल भएको थियो ।

थप छलफलका लागि इलाका प्रहरी बेलबारीले गिरीलाई बोलाएपछि उनी बैशाक ३ गते बुधबार दिउँसो बेलबारी पुगेका थिए । आँफै छलफलका लागि पुगेका गिरीलाई इप्रका बेलबारीले दिनभरि हिरासतमा राखेर साँझ मात्र रोहवरमा छाडेको थियो ।

गिरीले भने आफूमाथि लागेको आरोप निराधार भएको बताउँदै आएका छन् । उनले आफ्नो इस्टाग्रामको आइडी कसैले दुरुपयोग गरेको बताएका छन् । वडा प्रहरी कार्यालयमा सामान्य छलफल हुँदा गिरीले पाठएको भनिएका म्यासेजहरु आपत्तिजनक नदेखिएको बताइएको छ ।

बेलबारीका इञ्चार्जले शक्तिको दुरुपयोग गर्दै गिरीलाई बोलाएर बिनाकारण थुनामा राखी मानसिक यातना दिएको त्यतिबेलै सार्वजनिक भएको थियो ।

पूर्वी खबरबाट

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]