• वैशाख १४, २०७७
  • जुनकिरी खबर

बीपीमा छुट्टै कोरोना अस्पताल सञ्चालनमा

alt

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ आईसीयूसहित सय शय्याको कोभिड–१९ अस्पताल आइतबार सञ्चालनमा आएको छ । संक्रमितको संख्या थपिए उपचारका लागि तयारी अवस्थामा बस्न आवश्यक उपकरणसहित छुट्टै कोरोना उपचार केन्द्र बनाइएको हो ।

अस्पतालमा संघीय सरकार र प्रदेश सरकारको करिब १२ करोड ५० लाख रुपैयाँ लागत छ । सरकारले प्रतिष्ठानलाई कोरोनाको तेस्रो तहका रूपमा वर्गीकरण गरेको छ । कोभिड अस्पतालभित्र बच्चाका लागि पेडियाट्रिक आईसीयू, अप्रेसन थिएटर, संक्रमितको उपचार गर्न हाई डिपेन्डेन्सी युनिट, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, गाइनो वार्डलगायत छन् । फास्ट ट्य्राकबाट खरिद गर्ने गरी सिटिस्क्यान र केही भेन्टिलेटरको प्रक्रिया पनि सुरु गरिएको प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले बताए ।

कोरोनाका बिरामीलाई प्रतिष्ठानको मुख्य इमर्जेन्सी कक्ष, वार्ड, अप्रेसन थिएटरमा नलगी अलग्गै उपचार गर्न बेग्लै अस्पताल बनाइएको उनले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]