• असार २४, २०७६
  • जुनकिरी खबर

विक्री भइरहेका ८ प्रकारका औषधि गुणस्तरहीन

alt

औषधि, त्यो पनि गुणस्तरहीन प¥यो भने के होला ? प्रश्न मात्रैले पनि त्रास बढाउँछ । तर, बजारमा न्यूनगुणस्तरका औषधि छ्यापछ्याप्ती हुन सक्ने अनुगमनले देखाएको छ ।

पछिल्लो नमूना परीक्षणका क्रममा औषधि व्यवस्था विभागले ८ प्रकारका गुणस्तरहीन औषधि विक्री भइरहेको पाएसँगै जनस्वास्थ्यमाथि कतिसम्म खेलवाड भइरहेको छ भन्ने तथ्य पनि खुलेको छ । विभागले गरेको नमुना परीक्षणमा ३ वटा आयुर्वेदिक कम्पनीका सहित ८ प्रकारका औषधिमा मापदण्डभन्दा बढी जीवाणु र ब्याक्टेरिया भेटिएको हो ।

जसमध्ये दुई वटा भारतीय कम्पनीका औषधि पनि छन् । नमुना परीक्षणमा असफल भएका सबै औषधिको निर्वाध विक्री भइरहेको थियो ।

कुन कुन औषधी न्यून गुणस्तरको ?
– नेपाल फर्मास्युटिकल्स ल्याबोरेटोरी प्राइभेट लिमिटेड वीरगन्जले उत्पादन गरेको ब्याच नम्बर एलपीएन–७४१६५ को फर्मिन–जिआई फोर्ट, यो डायबेटिज रोगका लागि प्रयोग हुने औषधि हो ।

– जिडी फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याज नम्बर पीआइटीआई–१७०२ को प्यान्टोना, यो एसिडिटीका लागि प्रयोग हुने औषधि हो ।

  • –अलकेम ल्याबोरेटोरिज मुम्बई (भारत) को ब्याच नम्बर ८२८२३४६ को अल्मोक्स–५००
  • – सागा ल्याबोरेटोरिज अहमदावाद (भारत)को ब्याच नम्बर एक्स–०१४०१८ को अल्मोक्जिन–५००
  • – गोरखा आयुर्वेद कम्पनीको ब्याज नम्बर १३५१ को अभिपत्तिकर चूर्ण र पेट सफा नामक औषधि, मापदण्डभन्दा बढी मात्रामा जीवाणु र ब्याक्टेरिया भेटिएको
  • – आरोग्य भवन वर्क प्रालिको ब्याच नम्बर ०१६९ एसएफको आरोग्य बल्बेल चूर्ण, परीक्षण फेल
  • सगरमाथा आयुर्वदिक औषधि उद्योगको ब्याच नम्बर ०१४ को पुष्यनुग चूर्ण, परीक्षण फेल

उल्लेखित औषधिको रंग परिवर्तन भएको र ट्याब्लेट भाँचिएको भेटिएको हो । विभागले मापदण्ड पूरा नगर्ने औषधीको बिक्री रोक्न निर्देशन दिएको छ । बिशेषज्ञले गुणस्तरमा शंका भएकोले बिक्रि भइरहेका औषधिको गुणस्तर परीक्षणमा पहिलो प्राथमिकता दिनुपर्ने औंल्याएका छन् ।

औषधि न्यून गुणस्तरको हुनु भनेको शरीरभित्र गएर नघुल्नु र औषधीय गुण पूर्ण मात्रामा शरीरमा नपुग्नु हो । जसले प्रयोग गर्नु र नगर्नुमा तात्विक फरक पार्दैन । बरु कतिपय अवस्थामा नकारात्मक असर उत्पन्न हुन्छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]