• वैशाख १७, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा कोरोना परीक्षणको दायरा बढाउन जिल्ला समन्वय समिति प्रमुखहरुको माग

alt

प्रदेश १ का जिल्ला समन्वय समितिका प्रमुखहरुले कोरोना परीक्षणको दायरा बढाउनु पर्ने बताएका छन् ।

उनीहरुले र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरे ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा प्रमुखहरुले क्वारेन्टाइनमा बसेकाहरुको अनिवार्य आरडिटी गर्न माग गरे ।

१४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई आरडिटीको दायरा बढाउन उनीहरुको माग छ । क्वारेन्टाइनमा बसेकाको संख्याको आधारमा किट पठाउन समन्वय समिति प्रमुखहरुले माग गरे ।

इलामका प्रमुख गणेश बरालले जिल्लामा आरडिटी किट अभाव भएको बताए । आरडिटी किट अभावका कारण क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गर्न नपाएको उनले गुनासो गरे ।

इलाममा स्वास्थ्यकर्मी र औषधिको पनि अभाव भएको प्रमुख बरालले बताए ।

झापाका प्रमुख सोमनाथ पोर्तेलले आरडिटी किटको अभावमा परीक्षण गर्न नसकिएको बताए । झापामा भारत लगायतका विभिन्न देशबाट ९ सय जना आएको उनको भनाइ छ ।

बाहिरीदेशबाट आएकाहरु अधिकांश होमक्वारेन्टाईनमा रहेकाले उनीहरुको आरडिटी अनिवार्य गर्नुपर्ने उनको माग छ ।

आवस्यक किटको अभावमा परीक्षण हुन नसकेको उनले बताए । बोर्डरको सुरक्षामा कडाई गरिएको प्रमुख पोर्तेलले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]