• वैशाख १८, २०७७
  • जुनकिरी खबर

प्रदेश–१ मा आरडीटी किटको अभाव

alt

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिने परीक्षण किटको अभाव हुँदै गएको प्रदेश एकका विभिन्न जिल्ला समन्वय समितिका प्रमुखहरुले गुनासो गरेका छन् ।

विराटनगरस्थित सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग भिडियो संवाद गर्ने क्रममा उनीहरुले कोरोना परीक्षणको लागि आरडीटीको दायरा बढाउनुपर्ने माग गरेका हुन् ।

विभिन्न जिल्लाको क्वारेन्टाइनमा रहेका सर्वसाधारणको परीक्षण गर्नुपर्ने बताएका उनीहरुले मन्त्रालय समक्ष आरडिटी किट उपलब्ध गराउन माग गरेका छन् ।

सुनसरीमा समेत किटको अभाव हुँदा परीक्षण कार्यलाई गति दिन नसकिएको समितिका प्रमुख गोपालराज भण्डारीले बताएका छन् । दक्षिणी सीमावर्ती क्षेत्रतर्फ उच्च सतर्कता अपनाइएको बताएका भण्डारीले हाल क्वारेन्टाइनमा रहेका सर्वसाधारणको समेत किट अभावका कारण परीक्षणका लागि समस्या भएको उल्लेख गरे ।

समितिका समस्यालाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले हरेक जिल्लालाई दोस्रो चरणमा ३ सय ६० का दरले किट पठाइसकिएको जानकारी दिए ।

यसैबीच विराटनगरस्थित कोशी अस्पतालमा पीसीआरबाट गरिने थ्रोट स्वाब नमूना परीक्षणका लागि आवश्यक सामाग्री केहीदिनका लागि मात्र पुग्ने जनाइएको छ । अस्पतालकी मेडिकल सुप्रिटेन्डेन्ट डा. संगीता मिश्रका अनुसार हाल नमूना परीक्षण कार्य म्यानुअल्ली हातबाट गरिँदै आएको छ ।

पीसीआरको लागि आवश्यक किट भए पनि स–साना अन्य आवश्यक सामाग्री सकिँदै गएको हुनाले मन्त्रालयमा माग गरिएको उनले बताइन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]