• वैशाख १८, २०७७
  • जुनकिरी खबर

कांग्रेसले भन्यो- प्रदेश १ मा पीसीआर परीक्षणको दर बढाऊ

alt

नेपाली कांग्रेस प्रदेश नम्बर एक संसदीय दलले कोभिड १९ को बढ्दो संक्रमण, रोकथाम र नियन्त्रणका लागि तत्काल पीसीआर परीक्षणको दर बढाउन माग गरेको छ ।

संघीय र स्थानीय सरकारसँग समन्वय गरी पीसीआरको परीक्षण दर बढाउन कांग्रेसले माग गरेको हो । आरडीटी परीक्षण विश्वसनीय नदेखिएको भन्दै कांग्रेसले यसबाट गरिने परीक्षण रोक्न माग समेत गरेको छ ।

कांग्रेस प्रदेश नम्बर १ संसदीय दलको शुक्रबार बसेको बैठले प्रदेशमा कोरोना संक्रमणको उच्च जोखिम रहेको निष्कर्ष समेत निकालेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा २८ जना संक्रमित देखिएको हुँदा भुल्केका सबै स्थानीय जनता र उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको परीक्षण पीसीआर विधिबाट गर्न सरकारसँग माग गरिएको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए ।

यस्तै, गाईघाट बजार, मोतीगढा, देउडी, जलजलेलगायत क्षेत्रमा पनि पीसीआर विधिबाट कोरोनाको परीक्षण गर्न सरकारसँग कांग्रेसले आग्रह गरेको छ । कांग्रेसले उदयपुरमा कोरोना उपचार केन्द्र स्थापना गर्न माग समेत गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]