• वैशाख २१, २०७७
  • जुनकिरी खबर

नेपाल प्रेस युनियन सुनसरीद्धारा पत्रकारलाई खाद्यन्न वितरण

alt

नेपाल प्रेस युनियन सुनसरीले पत्रकारहरुलाई खाद्यान्न सामाग्री दिएको छ । ग्रामीण भेगमा रहेका पत्रकारहरुलाई प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले आइतबार प्रेस युनियन बराहक्षेत्र शाखामार्फत दुई सञ्चारकर्मीहरुलाई खाद्यान्न वितरण गरेका हुन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर अहिले लकडाउनका कारण समस्यामा रहेका सञ्चारकर्मीहरुलाई खाद्यान्न सहयोग प्रदान गरिएको अधिकारीले बताए । उनले पत्रकारहरुले फुटेर भन्दा पनि जुटेर काम गर्नुपर्ने बताए । युनियन बराहक्षेत्र शाखाका सभापति संगम बिष्टमार्फत सन्चारकर्मीलाई खाद्यान्न वितरण गर्ने गरि केन्द्रीय सदस्य हेमराज दाहालले खाद्यान्न दिएका थिए ।

यसैबीच आइतबार नै प्रेस युनियन सुनसरीले पत्रकार महासंघ धनकुटालाई दुई सय थान मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेको छ । प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष बिजय सन्तोषी राई, प्रेस युनियन धनकुटाका पूर्व अध्यक्ष सुमन गुरागाईँ मार्फत पत्रकार महासंघ धनकुटाका सचिव बिदुर खवासलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।  खवासले प्रेस युनियन सुनसरीले पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गर्नु सराहनीय कार्य रहेको बताए ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]