• वैशाख २२, २०७७
  • जुनकिरी खबर

समाजिक दुरी कायम गरेर प्रदेश नं १ मा बजेट अधिबेशन बोलाइने

alt

समाजिक दुरी कायम गरेर प्रदेश नं १ मा बजेट अधिबेशन बोलाउने भएको छ । आइतबार बसेको प्रदेश सभाको कार्याव्यावस्था समितिको बैठकले सामाजिक दुरी कायम गराएर संसदको अगामी बजेट अधिबेशन बोलाउने तयारी थालेको हो ।

प्रदेश सभाका प्रबक्त्ता दयाराम दाहालका अनुसार आइतबार बसेको कार्याव्यावस्था समितिको बैठकले समाजिक दुरी कायम गराएर संसद सञ्चालन गराउनबारे तीन बिकल्पमा छलफल गरेको छ ।

जस अनुसार साँधुरो भएपनि कुर्सी फराकिलो बनाएर सिमिति सांसदहरु मात्र सहभागी भएर प्रदेश सभाकै बैठक कक्ष सञ्चालन गर्ने , दोस्रो फराकिलो र सुबिधा जनक सरकारी र गैरसरकारी कार्यालयका सभाहरु खोज्ने र उपयुक्त्त लागेमा त्यहीबाटै छोटो छरितो ढंगले बजेट अधिबेशन सञ्चालन गर्ने तेस्रो हाल प्रदेश सभा रहेको विराटनगर देवकोटा चौक स्थित भवन परिसरमा प्रिक्यापको फराकिलो भवन बनाउने र त्यही सभा सञ्चालन गर्ने ।

तर तीन बिकल्पमा छलफल भएपनि कहाँ संसद बैठक संञ्चालन गर्ने भन्नेबारे टुंगो गरिसकेको छैन । तीनै बिकल्पमा एक दुई दिन अवलोकन विश्लेषण गरेपछि जुन उपयुक्त्त हुन्छ त्यसैकालागि प्रकृया अगाडी बढनेछ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]