• वैशाख २२, २०७७
  • जुनकिरी खबर

लकडाउन मोडालिटी : कृषि र उद्योगमा खुकुलो, यातायात प्रतिबन्ध

alt

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ। लकडाउनको मोडालिटी परिवर्तन गरेर  कृषि र उद्योग/कलकारखानामा सावधानी पूर्वक काम गर्ने तयारी रहेको छ।

सरकारले देशभित्र यात्रु ओसारपसारका लागि निजी तथा सार्वजनिक कुनै पनि सवारी साधन सञ्चालन अझै केही समय नगर्ने निष्कर्ष निकालेको छ। तर सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको २२औं समीक्षात्मक बैठकमा लकडाउन विभिन्‍न स्थानमा खुकुलो बनाउँदै लैजानुपर्ने सुझाव आएको थियो। बैठकमा चार वटै सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य मन्त्रालयलका अधिकारी उपस्थित थिए।

उनीहरुले राजधानीमा पनि लकडाउन खुकुलो पार्नुपर्ने धारणा राखेका थिए। निजी तथा सार्वजनिक यातायात, शैक्षिक संस्था, बजार, सिनेमा हल र होटल/रेस्टुरेन्ट केही समय बन्द नै राख्नुपर्ने सुझाव पनि आएको थियो। उक्त समितिको मंगलबार बस्ने बैठकले सरकारलाई सिफारिस गर्ने बताइएको छ।

त्यस्तै समितिले कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरु सफल भएको निष्कर्ष निकालेको छ। समितिले अहिलेसम्म गरेका प्रयासहरु सही दिशामा भएको निष्कर्ष निकालेको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]