• वैशाख २२, २०७७
  • जुनकिरी खबर

इटहरीमा सहकारी कार्यालय खोल्ने निर्णय

alt

इटहरीका सहकारीहरुले अत्यावश्यक सेवा दिने गरी सहकारी कार्यालय खोल्न पहल गर्ने निर्णय गरेका छन् ।

संस्थाहरुले सदस्यको समस्यालाई ध्यानमा राख्दै अत्यावश्यक काम गर्ने गरी सहकारी खोल्ने आन्तरिक निर्णय गरेका हुन् । यो विषयमा प्रशासनसँगसमेत आवश्यक छलफल गरेर अघि बढ्ने इटहरी नगर सहकारी समन्वय समितिका संयोजक भोला बस्नेतले जानकारी दिए ।

‘११ बजेदेखि २ बजेसम्म खोल्ने निर्णय भएको छ,’ उनले भने, ‘प्रशासनसँग यो विषयमा समन्वय गर्ने र सहकारीको केन्द्रिय समितिलाई पनि जानकारी गराइ आवश्यक पहल गर्ने निर्णय भएको छ ।’

जिल्ला सहकारी संघ सुनसरीका सचिव गंगा दाहालको सभापतीत्वमा भएको अनलाइन बैठकले निक्षेप संकलन र भुक्तानीका लागि भएपनि सहकारी खोल्नुपर्नेमा जोड दिएको थियो । राष्ट्रिय सहकारी महासंघकी सञ्चालक सदस्य अमृता सुब्बा र सोम श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न बैठकले सहकारीको लागि लघु कर्जासमेत माग गर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागि २५ वटा सहकारीका प्रतिनिधिहरुले आफूलाई परेको समस्याबारे जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै सुब्बा र श्रेष्ठले केन्द्रिय तहसम्म सहकारीका गुनासाहरु पुर्यायने र सेवा सुचारु गराउन पहल गर्ने बताएका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]