इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पदीय मर्यादा भुलेर जनतालाई धोका दिएको भन्दै इटहरी काँग्रेसले छानबिनको माग गरेको छ । मेयर चौधरीमाथि सङ्केत गरिएको घटनाको यथार्थ विवरण छानबिन भई दोषीउपर कारबाही नभए इटहरी काँग्रेसले घटनाको छानबिन गरी जनतामाझ सार्वजनिक गर्ने चेतावनी दिएको हो ।
सोमबार साँझ देखी मेयर चौधरीलाई इन्कीत गरेर सामाजिक सञ्जालमा नकारात्मक प्रचार भएको भन्दै नेपाली काँग्रेस इटहरी नगर समितिले सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ । काँग्रेस नगर सभापति हेमकर्ण पौडेल द्वारा जारी विज्ञप्तिमा के घटना भएको र कस्तो धोका भएको भन्ने खुलस्त नभएपछि घटनाको बारेमा निष्पक्ष छानबिनको माग गरिएको छ ।
मुलुक कोरोना संक्रमणबाट गुज्रिरहेको अवस्थामा मेयर चौधरीमाथि जोडेर बालग्राममा भएको घटनाको विषयमा इटहरी काँग्रेसको ध्यानाकषर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।
इटहरी कै उपमेयर लगायत सरोकारवालाले सामाजिक सञ्जाल मार्फत सङ्केत गरेको घटना के हो ? घटनाको दोषी कोको हुन ? , विज्ञप्तिमा भनिएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved