• भदौ १२, २०७८
  • जुनकिरी खबर

छोरीको जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

alt

मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा एक बालिकाको जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

गछियाका युवा समाजसेवी सुभाष भण्डारीको छोरी सुभानिता भण्डारीको ३ वर्ष पुगेको जन्मदिनको अवसरमा ४५ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

जन्मदिनको अवसरमा भण्डारी परिवारले ६ नं. वडास्थित खर्साेइन चौकमा एक कार्यक्रमका बिच ६ नं. वडाध्यक्ष जीवन कुमार राईको प्रमुख आतिथ्ययतामा करिब ५० हजार बराबरको सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका अति विपन्न परिवारका ४५ विद्यार्थीलाई ४२ थान किताब बोक्ने झोला, ९ दर्जन कपि र अन्य शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

प्रमुख अतिथि ६ नं. वडाका अध्यक्ष जीवन कुमार राई, वडा सदस्य डम्बर थापा मगर र भण्डारी परिवारले विद्यार्थीलाई सामान वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सुभाष भण्डारीले जन्मदिनमा हुने अनावश्यक खर्च सदुपयोग गरी सामाजिक सेवामा खर्च गरेको र यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो ।

कोरोना सङ्क्रमणले विद्यार्थी विद्यालय जान नसकेको अवस्थामा घरमै बसेर पठन पाठनको लागि भण्डारी परिवारले वितरण गरिएका शैक्षिक सामाग्री अति उपयोगी हुने सुन्दरहैचा ९ का वडाध्यक्ष जिवनकुमार राईले बताउनुभयो । यस्तो उदाहरण कार्य अरुलेपनि सिको गर्नुपर्ने वहाँको भनाई थियो ।

समाजसेवी भण्डारीले कोरोनाको सङ्क्रमणको अवस्थामा यस अघि पनि भाडाको लागि दिइएको १५ वटा सटरको एक महिनाको भाडा शुल्क मिनाहा गर्नुभएको थियो । यस्तै विभिन्न राहत कार्यक्रममा पनि भण्डारीले सहयोग गर्ने गरेका छन् । 

यो पनि :

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]